काठमाडौं- बढ्दो कोरोना संक्रमणका कारण सरकारले लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खोल्ने स्थिती तत्काल नरहेको बताएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले लामो दुरीका यातायात र आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरु, विद्यालय खोल्ने स्थिती अहिले नभएको बताएका हुन् ।
‘हामी सबै जनाको सल्लाह अनुसार निर्णय गर्नेछौं। कतिपयले सँधै बन्द गर्दा आर्थिक अवस्था डामाडोल हुने भएकाले खोल्नुपर्ने सुझाव दिनुभएको छ भने कतिपयले तत्काल खोल्न नहुने बताउनुभएको छ’ खतिवडाले भने, ‘यसबारे सीसीएमसीको बैठक बसेर उपयुक्त निर्णय गर्नेछ र मन्त्रिपरिषदमा पेश गर्नेछ।’
मन्त्री खतिवडाले विदेशबाट आउनेहरुको हकमा अलपत्र परेका र उद्दार गर्नुपर्नेलाई ल्याउने तर तत्काल नआएपनि केही समय धैर्य गर्न र परिस्थिति अति सहज हुँदासम्म पर्खन आग्रह गरेका छन् ।
यसअघि सरकारले भदौ १ गतेदेखि लामो दूरीका यातायात तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।