वीरगञ्ज - नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियालाई कोराना भाइरसको संक्रमण भएको छ ।
उनको बिहीबार बिहान आएको रिपोर्ट अनुसार उनलाई कोरोना पुष्टि भएको हो ।
उनी काठमाडौंबाट वीरगञ्ज आएका थिए । वीरगञ्जमै कोरोनाको पीसीआर परीक्षण गर्दा उनलाई कोरोना लागेको पुष्टि भएको हो ।
यस्तै प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना सक्रमण पुष्टि भएको थियो । बुधबार साँझ आएको रिपोर्टमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिएका थिए ।
गत साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनी अहिले मन्त्रालयको निवासमै क्वारेन्टिनमा बसेका छन् ।
त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ। प्रदेश नम्बर २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २१ जनाको ज्यान गइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।