काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको एउटा पोस्ट हटाएको छ । कोरोनाभाइरसको विषयमा ट्रम्पको पोस्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।
राष्ट्रपति ट्रम्पको पोस्टले गलत सूचना साझा गरेको र नियमको उल्लंघन गरेको भन्दै उक्त पोष्ट हटाएको हो । ट्रम्पको पोस्टका साथै फक्स न्यूजलाई दिएको ट्रम्पको अन्तरवार्ताको एउटा भिडियो क्लिप थियो ।
ट्रम्पले उक्त भिडियोमा बालबालिका कोभिड–१९ बाट लगभग प्रतिरोधी भएको बताएका थिए । फेसबुकका प्रवक्ताले भने, ‘यो भिडियोमा कोभिड–१९ को विषयमा गलत दाबी गरिएको छ र यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोनाभाइरसको संक्रमणको विषयमा गलत सूचना फैलाउने विरुद्ध छौं ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।