काठमाडाैं- कोरोना भाइरसको माहामारी बढ्दै जाँदा हवाई सेवा सञ्चालन गर्ने निर्णय अनिश्चित भएको छ ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले स्कुल–कलेज र हवाई यातायात सञ्चालनबारे समीक्षापछि मात्र निर्णय गरिने बताएका छन्।
बुधबार मन्त्रालयले सञ्चारकर्मीहरुसँग गरेको अन्तक्र्रियामा बोल्दै स्वास्थ्यमन्त्री ढकालले यस्तो बताएका हुन् ।
‘मन्त्रालयले यसअघि साउन २५ गते संक्रमितको संख्या उच्चबिन्दुमा पुग्ने र भदौ २ गतेसम्म त्यो कायम रहने अनुमान गरेको थियो। तर हिजो (साउन २०) गतेसम्मको अवस्थामा हेर्दा संक्रमणको संख्या अनुमान गरिएको भन्दा कम छ,’ ढकालले भने,
‘हामीले शिक्षा, उडानसहितका विषयमा भदौ १ बाट सञ्चालनमा ल्याउने भएका थियौं। संक्रमणको अवस्था हेरेर त्यस विषयमा पनि समीक्षा हुने छ।’
सरकारले बिहीबारदेखि नै सडक यातायातमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।