कास्की- नेपाली काँग्रेस कास्कीले मादी गाउँपालिका–५ ठूलोस्वाँराका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले स्थानीय पुष्पकुमारी गुरुङलाई सहयोगस्वरुप १० हजार रुपैयाँ हस्तान्तरण गरे ।
विदेशमा रहेका नेपाली काँग्रेसका शुक्रराज न्यौपानेको पहलमा कास्कीका बाढीपहिरो पीडितलाई सहयोग गर्न कास्की काँग्रेसलाई पठाइएको ५० हजार रुपैयाँमध्येबाट १० हजार रुपैयाँ सो परिवारलाई हस्तान्तरण गरिएको प्रवक्ता नवीन सिग्देलले बताए ।
गत असार २५ गतेको अविरल वर्षाका कारण गुरुङको घर भत्किएको थियो । दिउँसो समयमा घर भत्किएका कारण मानवीय क्षति भने भएको छैन । सहयोग हस्तान्तरण कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसीले समस्यामा परेको सो परिवारलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।
काँग्रेसले संकटका बेला गाउँ गाउँमा गएर जनताकाे सेवा गरिरहेकाे छ । यस्ताे संकटका बेला पनि सत्ताकै खेल खेलिरहेकाे नेकपाकाे सरकार नै नभएजस्तै सर्वसाधरणाकाे गुनासाे छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।