भक्तपुर- सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा एक घरको ढोका फोड्दै गरेको अवस्थामा एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–४ दधिकोट बस्ने सिन्धुली भिमान घर भएका २१ वर्षीय शुक्र तामाङ रहेका छन्।
तामाङलाई मंगलबार राति ४७ वर्षीय पेम्बा शेर्पाको घरको ढोका फोड्दै गरेको अवस्थामा अवस्थामा घरधनीले नियन्त्रणमा लिई महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीलाई बरझाएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।