आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने - बाँच्‍ने अन्तिम आशा हो

सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने - बाँच्‍ने अन्तिम आशा हो

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 5.0K
    SHARES

  • सिन्जियाङको हिरासतमा रहेका चिनियाँ मोडलले भिडियो बनाउँदै भने - बाँच्‍ने अन्तिम आशा हो

    मेर्डान घापर प्राय:क्यामेरामा पोज दिने गर्छन् ।  चिनियाँ अनलाइन रिटेलर ताओबामा मोडलिङ गर्ने ३१ वर्षीय घापरलाई राम्रै पैसा दिइएको छ । उनले विभिन्‍न लुगाको ब्रान्डिङमा मोडलिङ गरेका छन् । 

    तर, घापरको एक भिडियो भने फरक छ । उनी कुनै फेसनेवल सहरको सडक अथवा भव्य स्टुडियोमा होइन्, फोहोर भित्ता र खियाल लागेको झ्याल भएको कोठाभित्र छन् । उनी यस पटकको भिडियोमा कुनै पोज दिइरहेका छन् । उनी चुपचाप छन् तर आत्तिएकाजस्ता देखिन्छन् । 

    उनले दायाँ हातले क्यामेरा समातेका छन् भने उनको लुगा पनि फोहोर देखिन्छ । उनका बायाँ हातको कोठामा भएको एउटा खाटमा बाँधिएको छ । त्यो कोठामा भएको एकमात्र फर्निचर त्यही एउटा खाट हो । 

    यो भिडियो थुप्रै टेक्स्ट म्यासेजसहित बीबीसीलाई प्राप्त भयो । हिरासत कक्षबाट एक व्यक्तिले उच्च सावधानी र पूर्ण गोपनीयताका साथ बीबीसीलाई पठाए । यस भिडियोसँगै पठाइएको सन्देशमा चीनले तीन खराब शक्तिविरुद्ध लडिरहेको भनिएको अतिवादी, आतंकवादी र पृथकतावादीको विषयमा उल्लेख गरिएको छ । 

    केही वर्षयतादेखि पश्‍चिमी प्रान्त सिन्जियाङका करिब १० लाख उइगर र अल्पसंख्यकहरु चीनको हिसासतमा रहेको बताइँदै आएको छ । चीनले उनीहरुलाई अतिवादविरुद्ध प्रशिक्षण दिइरहेको बताउँदै आएको छ । तर, उनीहरुलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको छ । 

    हजारौं बालबालिकालाई उनीहरुको अभिभावकबाट अलग गराइएको छ । महिलाहरुलाई जबरजस्ती बच्चा नजन्माउन दबाब दिइन्छ । 

    घापरको अकाउन्टबाट पनि धेरै प्रमाणहरु प्राप्त गर्न सकिन्छ । त्यहाँ हिरासतमा रहेकाहरुलाई यातना र दुर्व्यवहार गर्ने गरिएको छ । उइगरहरुलाई गैरकानुनी रुपमा कुनै मुद्दाबिना हिरासतमा राखिएको छ । 

    उनीहरुलाई गम्भीर मनोवैज्ञानिक दबाब दिने गरिएकोसमेत बताइएको छ । 

    अहिले सिन्जियाङमा कोरोना भाइरसको महामारी फैलिएको छ । तर, उइगरहरुलाई यस विषयमा जानकारी गराइएको छैन भने सबैलाई एकै ठाउँमा राखिएको छ । सरसफाई गर्न पाएका छैनन् । उइगरहरु राखिएका हिरासतहरुमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको छ । 

    बीबीसीले यस विषयमा विस्तृत जानकारी गराउनका लागि चिनियाँ विदेश मन्त्रलायलाई पत्र पठाएको छ । घापरका परिवारलाई विगत पाँच महिनादेखि यस विषयमा जानकारी गराइएको छैन । उनका परिवारले विगत पाँच महिनादेखि आफ्नो छोराको कुनै सन्देश नदिइएको जनाइएको छ । ३८ मिनेट लामो उक्त भिडियामा उनले भोगेको यातनाको बारेमा जानकारी गराइएको छ । 

    उनले यो आफ्नो अन्तिम आशा भएको बताएका छन् । सन् २००९ मा उइगर भएकै कारण यातना भोगेपछि उनले सिन्जियाङ छोडेका थिए । तर, चिनियाँ अधिकारीहरुले फेरि उनलाई त्यही उइगररहेको हिरासतमा थुनेका छन् । बीबीसीबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७१२:४०:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend