जम्मु काश्मीरमा तरकारी खेतीलाई बढावा दिनका लागि नयाँ हाई-टेक पोली हाउसहरु निर्माण गरिएका छन् ।
राष्ट्रिय कृषि विकास योजनाअन्तर्गत १० लाख रुपैयाँमा उक्त पोली हाउसहरु निर्माण गरिएका हुन् । केन्द्र सरकारको लगानी रहेको उक्त नयाँ योजनामा बनाइएका उक्त पोली हाउसहरु आद्रता कायम भइराख्ने, फगर प्रणाली, तापक्रम नियन्त्रण र चिसो मौसममा समेत आवश्यक तापमान रहिरहने जनाइएको छ ।
किचन गार्डेन स्किमका कृषि सहयोगी जाहूर अहमदले पहिले १२ देखि १४ वर्गफिटमा बनाइएका पोली हाउसहरु अहिले दुई हजार वर्गफिटमा विस्तार गरिएका छन् ।
"नयाँ हाई-टेक पोली हाउस करिब २००० वर्ग फिटका छन् । त्यहाँ अत्याधुनिक कृषि उपकरणहरु जडान गरिएका छन् । यो प्रणालीले हामीलाई उच्चतम गुणस्तरसहितको उत्पादन दिन्छन् । हामीले यसमा अफसिजनमा समेत तरकारी उत्पादन गर्नसक्छौं," उनले भने ।
उक्त पोली हाउसमा काम गर्ने कृषक गुलाम दिनले नयाँ प्रणालीले जम्मु काश्मीरका जनतालाई निकै लाभा दिने बताएका छन् ।
"काश्मी उपत्यकामा ठूलो संख्याका जनताहरु तरकारी खेतीमा निर्भर रहेका छन् । पहिलेका पोली हाउसहरु पुराना थिए भने काम नलाग्ने भइसकेका थिए । तरकारी उत्पादनका लागि आठ महिना लाग्थ्यो । तर, अहिले दुई महिनामा नै तरकारी उत्पादन भइसक्छन्," उनले भने । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।