आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लेवनानमा भयानाक विष्फोट, ७८ जनाको मृत्यु, चार हजार मानिस घाइते

लेवनानमा भयानाक विष्फोट, ७८ जनाको मृत्यु, चार हजार मानिस घाइते

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 5.0K
    SHARES

  • लेवनानमा भयानाक विष्फोट, ७८ जनाको मृत्यु, चार हजार मानिस घाइते

    काठमाडौं–मंगलबार लेबनानको राजधानी बेरूतमा अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको रोयटर्सले जनाएको छ।

    विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।  लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्। सो विस्फोट वर्षौपछि त्यहाँ भएको भयानक विस्फोट हो।

    लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्।

    घटनालाई लिएर उनले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्।

    त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्। त्यहाँ भएको विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २१ २०७७०९:१०:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend