बुटवल- प्रदेश नम्बर ५ को प्रदेश सभामा संसदीय दलको नेतामा नेपाली कांग्रेसको वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । पार्टी संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कपिलवस्तु–३ (२) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
कनौडियालाई नेता चयन गर्न पार्टी संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापति समेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेको कांग्रेस सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।
गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । लामो समय पार्टीको संसदीय दलको नेता चयन नहुँदा प्रदेश ५ को प्रदेशसभा नेपाली काग्रेसको भूमिका कमजोर भएको भन्दै टिकाटिप्पणी हुन थालेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।