आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाविरुद्धको रुसी खोपबारे डब्लुएचओलो जनायो सावधानी !

कोरोनाविरुद्धको रुसी खोपबारे डब्लुएचओलो जनायो सावधानी !

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 6.5K
    SHARES

  • कोरोनाविरुद्धको रुसी खोपबारे डब्लुएचओलो जनायो सावधानी !

    काठमाडाैं- विश्व स्वास्थ्य संगठनले मङ्गलबार रूसलाई भाइरस खोपसम्बन्धि निर्देशनहरू पालना गर्न आग्रह गरेको छ । 

    मङ्गलबार मस्कोले तुरुन्तै कोभिड–१९ को खोपको उत्पादन सुरु गर्ने तयारीबारे मङ्गलबार घोषणा गरेपछि राष्ट्रसंघीय उक्त संगठनले रूसलाई सुरक्षित र प्रभावकारी खोप उत्पादन गर्ने दिशानिर्देशनहरूको पालना गर्न आग्रह गरेको छ ।

    खोपबारे रूसी दावी 

    रूसले सोमबार सेप्टेम्बरमा कोरोनाभाइरस खोपको व्यापक उत्पादन गर्ने र अर्को बर्षमा प्रतिमहिना खोपको ‘करोडौँं’ मात्रा उत्पादन गर्ने लक्ष्यबारे जानकारी गराएको थियो । 

    “हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,” उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए ।  उनले भने, “हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछाैं । 

    अर्को बर्षको शुरूसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ ।” खोप विकासमा लागेको उक्त संस्थाले मध्य रूसका तीन स्थानमा उत्पादन प्रविधि तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन् । 

    स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षणहरू सम्पन्न भइसकेको र राज्यमा दर्ताकालागि आवश्यकप्रक्रिया सुरू भइरहेको बताएका थिए । गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ ।

    गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ । क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ । 

    विश्व स्वास्थ्य सङ्गठनको भनाइ

    रूसी घटनाक्रमका बारेमा सोध्दा डब्ल्यूएचओका अधिकारीले सबै खोप प्रयोगका लागि योगदान गरेका उम्मेद्वारहरु बाहिर निस्कनु अघि परीक्षणको पूर्ण चरणमा जानुपर्छ । “हाम्रा स्थापित अभ्यास र दिशानिर्देशहरू छन्,” डब्ल्यूएचओका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा संयुक्त राष्ट्र संघमा पत्रकारहरूसँग भने ।

    “अवश्य पनि उत्पादनका लागि कुनै पनि खोप वा औषधिले अनुमतिपत्र प्राप्त गर्नुपर्छ । उनीहरूले विभिन्न परीक्षणहरू पार गर्दै अघि बढ्नुपर्छ,” उनले भने । 

    “कहिलेकाँही अनुसन्धानकर्ताहरूले दावी गर्छन् कि उनीहरूले केहि नवीन कुरा भेटे जुन वास्तवमै खुशीको समाचार हुन्छ । हुनसक्छ कसैले खोप विकास गर्ने वा पत्ता लगाउने काम ग¥यो तर यसले खोपको आधिकारिकताका लागि धेरै चरणहरू पार गर्नुपर्छ । खोप विकासको मार्ग भेट्नु र सबै काम गर्ने खोप बनाउनुमा ठूलो भिन्नता छ ।"

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २० २०७७०८:४५:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend