आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

थप दुई हप्ता लकडाउन !

थप दुई हप्ता लकडाउन !

  • मिडिया डबली
  • मंगलवार, श्रावण २० २०७७

  • 17.6K
    SHARES

  • थप दुई हप्ता लकडाउन !
    फाइल तस्वीर

    काठमाडौं- कोरोना भाइरसको माहामारी नियन्त्रणका लागि विज्ञहरुले  फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको छलफलमा विज्ञहरुले यस्तो निश्कर्ष निकालेका हुन् ।

    कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएका कारण १५ दिन कडा खालको लकडाउन गर्नुपर्ने सुझाव जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेलगायतले प्रधानमन्त्री ओलीलाई दिएका हुन् । त्यस्तै लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्रै उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाई गर्नु पनि सुझाव दिएका छन्। 

    अर्का जनस्वास्थ्यविज्ञ डा समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव दिएका हुन् । सबैको सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास गरिएको छ ।

    काठमाडौं उपत्यकासहित देशभरी नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले म‌गलबार छलफल आयोजना गरेका हुन्। नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञहरु सहभागितामा छलफल भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २० २०७७०५:५०:५६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend