काठमाडौँ- रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा मट्टीतेल खन्याएर आगो लगाएका युवाको ज्यान गएको छ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।
शरिरमा आगो लगाएपछि गम्भीर अवस्थामा उद्धार गरिएका उनको देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो।
शरिरको अधिकांश भाग जलेको कारण उनको उपचारको क्रममा विहान ९ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नविन चुंदालीले जानकारी दिए।
उनले आफ्नै शरिरमा किन आगो लगाएका हुन् भन्ने खुल्न नसकेको र घटनाको अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।