काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफु प्रधानमन्त्री बनेको एक बर्षभित्र तुई विस्थापन गर्ने घोषणा गरेका थिए।
ओली प्रधानमन्त्री बनेको तीन बर्ष वितिकेको छ, तर तुइन विस्थापन हुन सकेको छैन। लमजुङमा तुइन छिन्दा एक जना महिला बेपत्ता भएकी छन्।
लमजुङको दोर्दी गाउँपालिका–६ कीर्तिपुरवेंसीका ३२ वर्षीय फूलमाया गुरूङ सोमबार पूजा गर्न मन्दिर जाँदै थिइन्।
दोर्दीखोला पारी रहेका जलदेवी मन्दिरमा पूजा गर्न जान तुइन चढेर खोला तर्नुपर्ने थियो। तुइनमा चढेर खोला तर्दै गर्दा अचानक तुइन छिन्यो, उनी बेपत्ता भइन्।
फूलमायासँगै स्थानीय १७ वर्षीय विकास घले पनि तुइन चढेर मन्दिर जाँदै थिए। उनी भने खोलामा खसेपछि तुइन समातेर ज्यान जोगाए। उनलाई स्थानीयवासीले उद्धार गरेको लमजुङ प्रहरीले जनाएको छ।
फूलमाया र विकास तुइन चढ्नुअघि २ जना त्यही तुइन चढेर दोर्दी खोला तरेर मन्दिर गएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताए।
जनैपूर्णिमामा उक्त मन्दिरमा विशेष पूजा हुने भएकाले धेरै मानिस मन्दिर जाने उनले बताए। जसमा धेरैजसो भने अर्के बाटो घुमेर मन्दिर गएका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।