काठमाडौं–पर्सामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरूष र ६ जना महिला छन्। जसमा तीन जना नेपाली सेना, एक पत्रकार, वडा प्रहरी कार्यालय बिर्ताको थुनुवा कक्षमा रहेका एक थुनुवा र दुई जना स्वास्थ्यकर्मी छन्।
योसँगै पर्सामा कोरोना संक्रमितको संख्या ६ सय १४ पुगेको छ। पर्सामा अहिलेसम्म संक्रमणको कारण १० जनाले ज्यान गुमाइसकेका छन्। संक्रमण तीब्र बनेपछि पर्सामा एक सातादेखि निषेधाज्ञा लागू गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।