आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उपमहानगरपालिका ‘सिल’

उपमहानगरपालिका ‘सिल’

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 3.8K
    SHARES

  • उपमहानगरपालिका ‘सिल’

    बाँके- जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी दिए ।

    लकडाउनको अवधिमा बाँकेमा महिला तथा बालबालिकासम्बन्धी घटनामा वृद्धि भएको बढेको छ । चार महिना लामो लकडाउन हुँदा बालविवाह, बाल दुव्र्यवहार, बालबालिका कुटपिट, महिला तथा लैंगिक हिंसा, बालबालिका हराएको, आत्महत्या जस्ता घटना बढेको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाको तथ्याङ्कले देखाएको छ । 

    स्याक नेपाल बाँकेको तथ्याङ्कअनुसार ५३ घटना रहेको संस्थाका परियोजनाका व्यवस्थापक जगदिश थापाले बताए  । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले घटना रोकथामका लागि बाँके प्रहरीले काम गर्दै आए पनि लकडाउनमा प्रभावकारी रुपमा प्रहरी परिचाल गर्न नसक्दा महिला तथा बालबालिका माथिको हिंसाका घटनामा वृद्धि भएको छ । 

    बाँके जिल्ला महिला तथा बालबालिकाको उच्च जोखिममा रहेको जिल्ला हो । विगतदेखि नै बाँकेमा महिला तथा बालबालिका माथि हिंसाका घटना अधिक हुने गरेकाले यसको नियन्त्रणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १९ २०७७०९:२६:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend