पिथाैरागढका भारतीय अधिकारीले नेपाली नागरिकलाई कालापानी प्रवेशमा रोक लगाएको भन्ने समाचार गलत भएको बताएका छन् । धार्चुलाका एसडीएम अनिल कुमार शुक्लाले आफुले लेखेको भनिएको उक्त पत्र नक्कली भएको बताएका हुन् ।
'भारतबाट कुनै पनि अधिकारीले नेपाली नागरिकलाई कालापानी प्रवेश गर्न रोक लगाएको पत्र नकाटेको र नेपाली मिडियामा आएको उक्त समाचार गलत' भएको उनले बताएका हुन् ।
'त्यस्ता हावादारी कुराहरु लेखेर बस्न हामीलाई फुर्सद छैन् मैले कुनै पनि त्यस्तो कागज नेपाली प्रशासनकहाँ पठाएको छैन्,' उनले भने ।
पिथाैरागढका जिल्ला मेजिस्ट्रेटले समेत यदि भारतीय अधिकारीहरु त्यस्तै पत्रकाटेको भए आफुलाई थाहा हुनुपर्ने बताएका छन् ।
भारतिय सञ्चारमाध्यम द विकका अनुसार भारतीय प्रशासनले नेपाली नागरिकलाई कालापानी प्रवेशमा रोक लगाएको छैन् ।
केहिदिन अघि नेपाली सञ्चार माध्यममा भारतीय प्रशासनले नेपाली नागरिकलाई कालापानी प्रवेशमा रोक लगाएको भन्ने समाचारहरु फैलिएका थिए । ती समाचाहरु सबै झुटो रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।