आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राजधानी मनिलामा मंगलबारदेखि फेरि लकडाउन

राजधानी मनिलामा मंगलबारदेखि फेरि लकडाउन

  • मिडिया डबली
  • सोमवार, श्रावण १९ २०७७

  • 3.1K
    SHARES

  • राजधानी मनिलामा मंगलबारदेखि फेरि लकडाउन
    फाइल तस्वीर

    राष्ट्रपतिले राजधानी मनिलादेखि अन्य प्रान्तहरुसँग आवतजावतलाई पनि बन्द गर्न लागिएको जानकारी दिनुभएको छ ।

    चिकित्सकहरुको टोलीले कोरोनाभाइरसको सङ्क्रमण तीब्ररूपमा फैलिनसक्ने चेतावनी दिएपछि उहाँले यस्तो निर्णय लिनुभएको हो ।  

    राष्ट्रपति कार्यालयका प्रवक्ता ह्यारी रोक्युले सोमबार दिएको जानकारी अनुसार महानगरको प्रहरी प्रशासनले मंगलबारदेखि दुई हप्ताका लागि लकडाउन गर्नेछ ।

    आर्थिक गतिविधि बन्द गर्न र अत्यावश्यक बाहेकका अन्य सवै हिडडुल तथा यात्रा गर्न पनि उनीहरुले प्रतिवन्ध लगाउने भएका छन् । 

    लकडाउनका समय सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा विषेश केही उद्योगका कर्मचारीलगायतलाई पनि हिड्न दिइने गृह मन्त्रालयका सचिव एडुर्डो एनोले जानकारी दिनुभयो । 

    राष्ट्रपति रोड्रिगो डुटेर्टेले यसअघि यही जुन १ तारिखदेखि लकडाउन अन्त्य गरी आर्थिक लगायतका धेरै गतिविधिका लागि खुल्ला गर्नुभएको थियो ।

    उहाँले लकडाउन घोषणा गरेपनि बैंक, स्वास्थ्य तथा खाद्य सामग्रीसम्वन्धी कर्मचारी, कृषि उत्पादन कार्यमा संलग्न मजदुरलगायतलाई घरदेखि कार्यालय र कार्यालयदेखि घरसम्म जान पाउने व्यवस्था गरिने बताउनुभयो । 

    कमदारहरूले मोटरसाईकल, साईकल, नीजि कारमा आवत जावत गर्न पाउने तर सार्वजनिक यातायातका साधन भने प्रयोग गर्न नपाउने अधिकारीहरुले जनाएका छन् ।  

    फिलिपिन्सका चिकित्सासम्वन्धी झण्डै एक सय संस्थाहरुले विद्युतीय माध्यममार्फत गरेको बैठकमा अधिकांशले लकडाउन जस्ता प्रतिवन्धात्मक व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिएका थिए । एजेन्सी ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, श्रावण १९ २०७७०८:२०:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend