काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा गएको पहिरोमा परि वेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको छ।
आज बिहान साढे ३ बजे पहिरो जाँदा निर्माणाधीन कभर्ड हलमा आठ जना पुरिएका छन्। उनीहरुमध्ये तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका डीएसपी माधवप्रसाद काफ्लेले बताए।
उनका अनुसार गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँएको हो। जसमा सात नेपाली र एक भारतीय नागरिक पुरिएका हुन्। उनीहरु कवर्ड हल निर्माणमा खटिएका कामदार रहेको डीएसपी काफ्लेले बताए।
पहिरोले कवर्ड हलको आधा भागसँगै मजदुर बस्ने टहरो पुरिएको छ। नेपाली मजदुरहरु पर्साका रहेको जनाएको छ। पहिरोमा पुरिएका एक जनाको उद्धार गरिएको छ। उनी भारतीय नागरिक ३५ वर्षीय बारु साह हुन्। उनी घाइते भएको र मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
वेपत्ताहरुको खोजी भइरहेको छ। खोजीमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीय वासिन्दा खटिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।