आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वबाट सुरु भयो दोस्रो चरणको लकडाउन

पूर्वबाट सुरु भयो दोस्रो चरणको लकडाउन

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 5.0K
    SHARES

  • पूर्वबाट सुरु भयो दोस्रो चरणको लकडाउन
    फाइल तस्वीर

    झापा- नेपालको पूर्वी जिल्ला झापाका दुई स्थानीय तहले दोस्रो चरणको लकडाउन गरेका छन् । कोरोना संक्रमित बढेका कारण अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन्। 

    अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो।

    बिर्तामोड नगरपालिकाले आज अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लकडाउनको घोषणा गरेको हो। कोरोना परीक्षण गर्नुपूर्व बाह्रदशी र इलामका कोरोना संक्रमितहरु बिर्तामोडमा खुलेआम हिँड्डुल गरेको र उनीहरुको सम्पर्कमा आएकालाई कोरोना संक्रमणको उच्च जोखिम रहेकाले बिर्तामोडलाई लकडाउन गरिएको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

    कोरोना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका ११६ जना यतिबेला होम क्वारेन्टिनमा छन्। होम क्वारेन्टिनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका छन्। कोरोना संक्रमित बाह्रदशी गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता र सोही ठाउँका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टिनमा राखिएको हो।

    त्यस्तै इलामका संक्रमितको सम्पर्कमा आएका ४८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ। संक्रमितहरु आएपछि सम्भावित सङ्क्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। बाह्रदशीका दुईजना संक्रमितको सम्पर्कमा आएका ६८ र इलामका संक्रमितको सम्पर्कमा आएका ४८ र अन्य गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १८ २०७७०९:५०:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend