काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता ‘ई’ सँग भेट गरेका छन् । आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल बसन्तपुर पुगेर ‘ई’ सँग भेटगरेका हुन् ।
भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताउँदै नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसंग खेलवाड गरेको बताएका छन् । नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा दिएका छन् । उनले पीसीआरको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नु दुर्भाग्यपूर्ण भएको पनि बताए ।
पौडेलले भने–‘जनताको स्वास्थ्यसंग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको सरकार साच्चै नै अटेरी सरकार हो । पीसीआरको दायरा बढाउ, क्वारेन्टाइन व्यवस्थित होस भनेको छ । अति नै सामान्य र अति नै आवश्यक मागहरु लिएर उनीहरु अनसन बस्नुनै दुर्भाग्यपूर्ण कुरा हो ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।