आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

६० बर्षमाथि र १२ वर्ष मुनिकालाई सरकारले दियो यस्तो निर्देशन

६० बर्षमाथि र १२ वर्ष मुनिकालाई सरकारले दियो यस्तो निर्देशन

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 6.2K
    SHARES

  • ६० बर्षमाथि र १२ वर्ष मुनिकालाई सरकारले दियो यस्तो निर्देशन

    काठमाडौं-  देशभर कोरोना संक्रमणको जोखिम बढ्दा  सरकारले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ । जेष्ठ नागरिक र बालबालिकामाथि संक्रमणको छिटो असर पर्ने निष्कर्ष निकाल्दै सरकारले यस्तो अनुरोध गरेको हो ।

    स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले अन्य उमेर हककालाई पनि कोरोनाको बढ्दो जोखिमप्रति सचेत बन्न आग्रह गर्नु भयो ।

    मुलुकमा थप २ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ सय ४६ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ३ सय ३२ पुगेको छ ।

    यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या भने ५ हजार ६ सय ७२ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १८ २०७७०८:१९:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend