लकडाउन खुलेसँगै प्रदेश २ मा कोरोना कहर बढ्दै गएको छ। पछिल्लो २४ घण्टमा मात्रै प्रदेश २ मा १३८ जना कोरोना संक्रमित थपिएका छन्।
सबैभन्दा बढी पर्सामा ७८ जना र सप्तरीमा ४८ मा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
यस्तै धनुषामा ८ जना, सिरहामा ३ जना र महोत्तरीमा १ जनामा कोरोना संक्रमण भएको हो।
यससँगै प्रदेश २ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ। जसमा शनिबारसम्म ४ महिलासहित १९ जनाको मृत्यु भइसकेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।