आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्राफिक प्रहरीलाई नै कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपी सहित ३७५ जना क्वारेन्टिनमा

ट्राफिक प्रहरीलाई नै कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपी सहित ३७५ जना क्वारेन्टिनमा

  • मिडिया डबली
  • आइतवार, श्रावण १८ २०७७

  • 6.4K
    SHARES

  • ट्राफिक प्रहरीलाई नै कोरोना पुष्टि भएपछि बग्गीखाना सिल, एसएसपी सहित ३७५ जना क्वारेन्टिनमा


    काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। दुई प्रहरीमा कोरोना पुष्टि भएपछि  एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ।
    महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था रहेको बताए। 

    उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

    महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १८ २०७७०९:४७:४७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend