आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कार्यालय सहयोगी दुई महिलाले कुटेपछि उप सचिव पुगे प्रहरीमा

कार्यालय सहयोगी दुई महिलाले कुटेपछि उप सचिव पुगे प्रहरीमा

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 6.6K
    SHARES

  • कार्यालय सहयोगी दुई महिलाले कुटेपछि उप सचिव पुगे प्रहरीमा

    विराटनगर- भ्रष्टाचार विरोधी भनेर आफुलाई चिनाउने नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले प्रहरीमा आफुले कुटाइ खाएको जानकारी दिएका छन् ।  शनिबार विहान ११ बजे तिर श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलले आफ्नै कार्यालयका दुई कार्यालय सहयोगी महिलाहरुले कुटपिट गरेको प्रहरीलाई बताएका हुन् । 


    कार्यालय सहयोगी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालाले कामको बारेमा विवाद भएपछि आफुलाई कुटपिट गरेको प्रहरीलाई बताएका छन् । सञ्जेलमा माथि दुई कार्यालय सहयोगी महिलाहरुले चप्पल , पेपर ,पञ्चिङ मेसिन लगायतका सामानले प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । 

    महिलाहरुले भने प्रमुख सञ्जेलले अमानवीय व्यावहार गरेको गाली गलौज गरेको जथाभावी बोलेको र हातपात गर्ने गरेको आरोप लगाएका छन् । उनीहरुले अफिसमा पनि अनावश्यक दुःख दिने २४ घण्टा काममा लगाउने अभद्र व्यवहार गर्ने र महिलाहरुलाई एक्लै एक्लै काममा बोलाउने गरेको भन्दै सञ्जेललाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend