सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘इनफ इज इनफ’ का अभियन्ताहरुसँग देउवाको भेटघाट, के भने ?

‘इनफ इज इनफ’ का अभियन्ताहरुसँग देउवाको भेटघाट, के भने ?

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 5.1K
    SHARES

  • ‘इनफ इज इनफ’ का अभियन्ताहरुसँग देउवाको भेटघाट, के भने ?

     काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्तालाई भेट्न वसन्तपुर पुगेका छन्। 

    असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले वसन्तपुरमा अनशनरत छन। 

    पत्रकारहरुसँग छोटो प्रतिक्रिया दिँदै भेटपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन् । उनले भने , ‘हाम्रो पार्टीको ऐक्यबद्धता छ। उहाँहरुको मागलाई समर्थन छ। मान्छेलाई मर्न दिनु हुन्न। ओली सरकारले तुरुन्तै मान्छे पठाएर कुरा गरेर अनशनमा बसेका युवालाई बचाउनुपर्छ। सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गरिरहेको छ। यसको घोर भत्र्सना गर्छु।’ 

    यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा रहेका युवाले उठाउँदै आएका माग देश जनताको हितमा रहेको बताएका छन्।  सतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्ने लगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले असार २३ गते लिखित प्रतिबद्धता जनाएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend