आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बामदेव गौतमको घरको भित्तामा विपी कोइरालाको तस्विर  

बामदेव गौतमको घरको भित्तामा विपी कोइरालाको तस्विर  

  • मिडिया डबली
  • शनिवार, श्रावण १७ २०७७

  • 9.2K
    SHARES

  • बामदेव गौतमको घरको भित्तामा विपी कोइरालाको तस्विर  
    काठमाडौं– नेकपा उपाध्यक्ष बामदेव गौतम निवासको भित्तामा विदेशी नेताहरुको मात्र तस्बिर राखेको प्रसंग उठ्यो । कार्ल मार्क्स, लनिन, चे ग्वेभाराको तस्बिर पनि देखियो । महात्मा गान्धीको तस्बिर स्पष्ट देखिन्थ्यो । अब्राहम लिंकन र जोन एफ केनेडीको तस्बिर पनि देखिन्थ्यो । तर, बाँकी तस्बिर देखिएको थिएन ।
     
    उनको निवासमा हो चि मिन, देङ स्याओ पिङ, लि क्वान देखि मदर टेरेसाको तस्बिर पनि झुण्ड्याइएको छ । कम्युनिस्ट नेताहस्को एकातर्फ भित्तामा र गैर कम्युनिस्ट नेताहरुको अर्को कोठामा तस्बिर झुण्ड्याइएको छ । उनले बुद्धको तस्बिर पनि विशेष महत्वका साथ राखेका छन् ।

    गौतम निवासमा सेन्ट्रल एसी पनि जडान गरेको सानदार कोठा देखिन्छ । कम्युनिस्ट नेताको सानदार कोठामा भित्तामा विदेशी नेताको मात्र राखेको भनिइरहँदा त्यहाँ अन्य नेताहरुको पनि तस्बिर रहेछ जसलाई बामदेव खुबै मन पराउँदा रहेछन् ।

    गौतमको आस्था र सम्मानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुमध्ये नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको तस्बिर पनि छ । कम्युनिस्ट नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी, जीवराज आश्रितका अलावा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायतको तस्बिर पनि राखिएको छ ।

    रोचक पक्ष यो छ कि गौतमले स्वर्गीय राजा महेन्द्रको तस्बिर पनि झुण्ड्याएका छन् । महेन्द्रको तस्बिर पृथ्वीनारायण शाहको नजिकै राखेका छन् । महेन्द्रले वीपी कोइरालाको निर्वाचित सरकारमाथि कू गरेर ३० वर्ष लामो पञ्चायती शासनको शुरुवात गरेका थिए । महेन्द्रको परिचय राष्ट्रवादी नेताका रुपमा पनि छ ।

    महेन्द्रको तस्बिर छेवैमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको तस्बिर छ । बुद्धको तस्बिर मुनी वीपी कोइरालाको तस्बिर पनि राखेका छन् । कोइराला नेपाली काँग्रेसका संस्थापक नेता हुन् । कम्युनिस्ट नेता भइकन गौतम वीपीलाई निकै सम्मान गर्छन् । उनले वीपीलाई राष्ट्रवादी र समाजवादका चिन्तकका रुपमा लिने गरेका छन् ।

    बामदेव निवासको भित्तामा सिंगापुरे विकासका सर्जक लि क्वानको तस्बिर पनि छ । अब्राहम लिंकनको तस्बिर माथिल्लो स्थानमै राखेका छन् । अमेरिकाका हत्या गरिएका राष्ट्रपति जोन एफ केनेडीको तस्बिर पनि छ । मदर टेरेसाको तस्बिर पनि झुण्ड्याएका छन् ।

    एकातर्फको भित्तामा बुद्धको तस्बिरलाई माथिल्लोतर्फको बीचको भागमा राखिएकोमा अर्कोतर्फ कार्ल मार्क्सको तस्बिरलाई सबैभन्दा माथि राखेका छन् । सोही भित्तामा ठिक मुनी तत्कालिन नेकपा एमालेका नेताहरु मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितको तस्बिर एउटै लहरमा झुण्ड्याएका छन् । उनीहरुको दायाँबायाँ रुसी नेता भ्लादिमिर लेनिन र क्युबाका कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको तस्बिर झुण्डिएको छ । सोही तर्फको भित्तामा भारतको स्वतन्त्रता संग्रामका नायक डा. सुभाषचन्द्र बोस, नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी वर्णभेदविरोधी नेता नेल्सन मण्डेलाको तस्बिर देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२१:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend