काठमाडौं- नेपाली कांग्रेसले नेपालमा हाल औषधिको उपलब्धताबारे औषधि व्यावसायीहरुसँग छलफल गरेको छ। औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्पमा काँग्रेसले छलफल गरेको हो ।
पार्टीका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले व्यावसायीहरुसँग छलदफल गरेको हो । नेपाल औषधि थोक व्यावसायी संघको आयोजना एवम् व्यवस्थापनमा भएको छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको अवस्थाबारे नेताहरुले चासो राखेका थिए।
कार्यक्रममा कोरोना अनुगमन समितिका संयोजक एवम् पार्टीं सहमहामन्त्री महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लगाए। सरकार र स्वयम् प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै महतले सरकारलाई खबरदारी गर्न अपिल गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।