काठमाडौं- नेपाली काँग्रेसले नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघलगायका भ्रातृ संस्थाको म्याद थप गरेको छ । शुक्रबार अर्थात आजबाट नेविसंघको म्याद सकिनलागेको थियो, यसैबीच पार्टीले ६ महिना म्याद थप गरेको हो ।
काँग्रेसले नेविसंघ, तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर संघको पदावधि ६ महिना थप गरिएको हो । नेविसंघ बाहेकको म्याद सकिएको लामो समय भइसकेको थियो ।
आगामी पार्टी केन्द्रीय कार्यक्रमितिबाट अनुमोदन हुने गरी म्याद समाप्त भएका भ्रातृ संस्थाका ६ महिना म्याद थप गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।