दार्चुला- दुहुँ गाउँपालिका वडा नम्बर ५ का १५ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया तथा नयाँ सदस्यता वितरण कार्यक्रममा उनीहरुले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए ।
प्रवेश गर्नेमा वडा नम्बर ५ का प्रकाश महरा, हिक्मत महरा, नरेन्द्र महरा, करन महरा रहेका छन् । यस्तै हरक बहादुर कुवर, गणेश कुवर, रविन्द्र कुवर, महेश्वरी कुवर, नारायण सिंह बडाल, नरेन्द्र महरा, अमर कुवर, दमन्ती बम, पुष्पा कुवर, माता कुवर र गोपाल महराले नेपाली काँग्रेस पार्टी प्रवेश गरेका हुन् ।
दुहुमा तीन दिन अघि मात्रै नेकपाको एक टोल पुरै काँग्रेसमा प्रवेश गरेको थियो । यस्तै शुक्रवार जिल्लाको मालिकार्जुन गाउँपालिका ५ डाडाकोटमा वडा भेला हुदा त्यहा पनि डेढ दर्जनले नेकपा परीत्याग गरि काँग्रेस प्रवेश गरेका छन् । वडा कार्यसमितिले आयोजना गरेको भेलामा नेकपा परित्याग गरी डेढ दर्जन बढीले नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको काँग्रेस नेता मदन गिरीले जानकारी दिए ।
नेकपा परित्याग गरी वडा नम्बर ५ का जसुली लोहार, गिता लोहार, बहादुरराम लोहार, कासीराम लोहार, रतनराम लोहार र गणेशराम लोहार लगायत डेढ दर्जन जतिले प्रवेश गरेको उनले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।