आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जात्रा मनाउन दुई दिन बिदाको घोषणा !

जात्रा मनाउन दुई दिन बिदाको घोषणा !

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १६ २०७७

  • 5.0K
    SHARES

  • जात्रा मनाउन दुई दिन बिदाको घोषणा !

    काठमाडौँ- कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा-पर्व मनाउन दुई दिन बिदा दिएको छ ।

    काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको हो ।

    “कार्यपालिका बैठकले नै जात्रा-लागि बिदा दिने निर्णय भएअनुसार सार्वजनिक बिदा दिइएको हो”, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले भने ।

    उनले बुधबार सार्वजनिक बिदासम्बन्धी सूचना निकालेर नगरभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थालाई बिदा दिएकाले स्थानीयवासीलाई उल्लासमय सहभागिता जनाएर जात्रा र पर्व मनाउन आग्रह गरेका छन् । नगरका ऐतिहासिक शक्तिपिठ पलाञ्चोक भगवतीलगायत मन्दिरमा बर्षौँदेखि स्थानीय समुदायले उल्लासपूर्ण तवरले पर्व मनाउने भएकाले यस वर्ष पनि बिदा दिने परम्परालाई निरन्तरता दिएको अधिकृत भण्डारीले बताए ।

    उनले भने, “कोरोना भाइरसको उच्च जोखिम बढिरहेकाले स्वास्थ्य सुरक्षा अपनाउन स्थानीयलाई भनेका छौँ, उहाँहरुले आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने हुन्छ ।” उनले स्थानीय पर्वमा सार्वजनिक दिएर संस्कृतिको प्रवद्र्धन गर्नु स्थानीय सरकारको कर्तव्य रहेको समेत बताए ।

    यद्यपि पाँचखालले दिएको सार्वजनिक बिदाको चौतर्फीरूपमा आलोचना भइरहेको छ । धुलिखेल नगरले भने यस वर्षको जनैपूर्णिमा तथा गाईजात्रा र हिलेजात्रा भेला भएर नगर्न सार्वजनिक अपिल गरेको छ ।

    जात्रा गर्दा मानिसको भीडभाड हुने र कोरोना भाइरस सङ्क्रमणको जोखिम सम्भावना भएकाले यस वर्ष जात्रा, पर्व भेला भएर नमनाउन आग्रह गरिएको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

    “जात्रा, पर्व सामाजिक दूरी कायम गरी परिवारभित्रै मनाउन सकिन्छ, सोहीअनुसार गर्न अपिल गरेका हौँ” उनले भने । नेवार समुदायको बाक्लो बस्ती रहेको धुलिखेल बजारमा गाईजात्राका अवसरमा हरेक घरबाट मृत्यु भएका परिवारको सदस्यको फोटो राखी प्रदर्शन गर्ने र स्थानीय भेला भएर लाखेनाच गरी नगर परिक्रमा गर्ने प्रचलन छ ।

    तेमाल गाउँपालिकालगायत स्थानीय तहले कोरोनाको जोखिम कायमै रहेकाले जात्रा र पर्व मनाउँदा स्थानीयवासीको भीडभाड हुने भएकाले यस वर्ष घरमै मनाउन आग्रह गरेका छन् ।

    तेमाल गाउँपालिकाले पोखरी नारायणस्थानमा रहेको ऐतिहासिक सत्यनारायण मन्दिरमा यस वर्ष जनैपूर्णिका अवसरमा लाग्ने मेला स्थगन नै गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७११:२०:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend