काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की बताएका छन् ।
बिहीबार बसेको संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले आफूलाई बझाङबाट टाउको काट्ने धम्की आएको जानकारी गराएका हुन् ।
अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन(एमसीसी)को पक्षमा मतदान गरेर टाउको काट्ने धम्की आएको भन्दै उनले बझाङबाट फोनमार्फत धम्की आएको बताए ।
मलाई एउटा फोन आयो। तैंले एमसीसी समर्थन गरिस् भने टाउको काटिन्छ भनेर। त्यो फोन बझाङ जिल्लाबाट आएको रहेछ ।
‘प्रतिउत्तरमा आफूले एमसीसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’, भन्दै धम्की आएको मन्त्री भट्टले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।