आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काेराेना कहरमा बाबुराम र उपेन्द्रले मच्चाए उपद्राे, चाैतर्फी विराेध!

काेराेना कहरमा बाबुराम र उपेन्द्रले मच्चाए उपद्राे, चाैतर्फी विराेध!

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 6.5K
    SHARES

  • काेराेना कहरमा बाबुराम र उपेन्द्रले मच्चाए उपद्राे, चाैतर्फी विराेध!

    जनकपूधाम- यतिबेला देशभर कोरोना माहामारीको संकट छ । झन प्रदेश २ मा कोरोना भाइरसको संक्रमण अझैं बढी छ ।

    यसबीच जनता समाजवादी पार्टीले भने हजारौंको सहभागिताबीच सिरहाको चोहर्वामा पार्टी प्रवेश कार्यक्रम गरेको छ।  पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र प्रदेश २ का मन्त्रीहरु समेत सहभागिता जनाएका थिए। 

    गाउँ गाउँबाट पुगेको नेता तथा कार्यकर्ताले कार्यक्रममा अत्यधिक भिडभाड थियो। कार्यक्रममा चलिरहेका बेला अध्यक्ष यादव र वरिष्ठ नेता भट्टराईले मास्क लगाएका थिए। तर अधिकांश नेता तथा कार्यकर्ता मास्कबिनै थिए।

    मास्क लगाएकाहरु पनि मुख र नाक छोपेको देखिएको थिएन। सामाजिक दूरी त के हो कसैलाई थाहै थिएन। सो कार्यक्रममा अध्यक्ष यादव र वरिष्ठ नेता भट्टराईले राप्रपा नेता तथा पूर्वगाविस अध्यक्ष बद्री शाही र नेकपाका पूर्वकेन्द्रीय सदस्य अजिरमान थापामगरलाई फूलमाला लगाएर पार्टीमा प्रवेश गराएका छन्। 

    काेराेना भाइरसकाे माहामारीका बेला यसरी जान्ने भनाउँदै नै टाेलटाेलमा पुगेर भिड जमा गर्दै काेराेनाकाे जाेखिम झनैं बढाउन थालेपछि चाैतर्फि विराेध भएकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १५ २०७७०८:५७:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend