आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१७ गते मध्यरातदेखि दोस्रो पटककाे लकडाउन सुरू !

१७ गते मध्यरातदेखि दोस्रो पटककाे लकडाउन सुरू !

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 24.3K
    SHARES

  • १७ गते मध्यरातदेखि दोस्रो पटककाे लकडाउन सुरू !
    फाइल तस्वीर

    बाँके-  कोरोना भाइरसको माहामारीका कारण भएको लकडाउन खुलेसँगै फेरि लकडाउन हुन थालेको छ । नेपालगन्ज जिल्ला प्रशासन कार्यालय बाँकेले १७ गते राति १२ बजेदेखि पुनः लकडाउन गर्ने भएको हो। 

    कोरोना भाइरस समुदायस्तरसम्म पुगेको भन्दै प्रशासनले आगामी आइतबारदेखि ३ दिनका लागि पुनः लकडाउन गर्ने जनाएको छ । बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

    ‘आइतबारदेखि कडा लकडाउन हुन्छ । अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ ।’ प्रजिअ कुरुम्वाङले भन्नुभयो, ‘बाँकेमा कोरोनाको फेरि भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो । पहिलोपटक तीन दिनलाई लकडाउन गरिनेछ । त्यसपछि अवस्था हेरेर हेरफेर गरिनेछ ।’

    राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालयमा १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरी १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो ।

    सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

    लकडाउनमा अत्यावशश्यक सवारीसाधान बाहेक कुनैपनि सवारीसाधान चल्न नपाउने र चलेको खण्डमा कानून बमोजिम कारवाही गर्ने प्रशासनले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १५ २०७७०८:११:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend