सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

पौडेल समूहद्वारा देउवामाथि निरन्तर दबाब, के हाे कारण ?

पौडेल समूहद्वारा देउवामाथि निरन्तर दबाब, के हाे कारण ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 5.7K
    SHARES

  • पौडेल समूहद्वारा देउवामाथि निरन्तर दबाब, के हाे कारण ?

    काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरवहादुर देउवाबाट सकारात्मकता नपाएको भन्द नेता पौडेलले १४औँ महाधिवेशनको निश्पक्षताका लागि थप दबाब सिर्जना गर्ने बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

    यसबाहेक पौडेल समूहले पार्टी विधानको पालना, १४औँ महाधिवेशनको सफलता र आन्तरिक लोकतन्त्रको प्रवद्र्धनबारे सभापति देउवाको ध्यानाकर्षण गराएको छ ।

    पौडेल समूहका नेताहरुले आज सभापति देउवालाई पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधिलगायत विषयमा लिखित ध्यानाकर्षण पत्र बुझाएको हो ।

    पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने “पार्टीका निकायको समायोजन, क्रियाशील सदस्यता वितरण, विधानविपरीत विभागको गठन, भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिका गतिविधि सञ्चालनबाट पार्टीका बहुसङ्ख्यक साथीहरु झैं हामीलाई पनि आगामी महाधिवेशन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न हुनेछ भन्ने विश्वास गर्ने आधार हराउँदै गएको अनुभूति भएको छ ।”

     अविश्वासको वातावरण समाप्त गरी पार्टीलाई सम्पूर्णरुपमा एकताबद्ध गर्दै आवश्यक परामर्श गरी विधिपूर्वक बाटोबाट आगामी महाधिवेशन सम्पन्न गर्ने अहिलेको आफ्नो प्रमुख कर्तव्यप्रति सभापति देउवाको ध्यानाकर्षण गराएको नेता पौडेलले बताएका छन्।

    पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, डा शेखर कोइराला, नविन्द्रराज जोशी, रामकृष्ण यादव, डा चन्द्र भण्डारी, गुरुराज घिमिरे, जीवन परियार, किरण यादव र सरिता प्रसाईलगायत हुनुहुन्थ्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend