काठमाडौं- मंगलबार कमलादीबाट बरामद गरेको भनिएको साढे १४ केजी चाँदी र आधाकिलो सुन अप्रेशनमा व्यसायिकता प्रदर्शन गर्न नसकेको भन्दै महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रन्जन दाहाललाई हटाईएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई हटाएको हो ।
दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।