आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उद्धारको बहानामा कम्युनिस्ट सरकारको भ्रष्टाचार, कांग्रेसले उडानका लागि चाल्याे यस्ताे कदम

उद्धारको बहानामा कम्युनिस्ट सरकारको भ्रष्टाचार, कांग्रेसले उडानका लागि चाल्याे यस्ताे कदम

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 4.5K
    SHARES

  • उद्धारको बहानामा कम्युनिस्ट सरकारको भ्रष्टाचार, कांग्रेसले उडानका लागि चाल्याे यस्ताे कदम

    काठमाडौं- नागरिकहरूको उद्दार गर्ने नाममा अत्याधिक महँगो शुल्क लिएको गुनासो बढ्न थालेसँगै नेपाली काँग्रेसले छानविनको माग गरेको छ । सरकारले आफू निकटका सीमित उडानहरू गर्न ट्राभल्स र जहाज कम्पनीहरूलाई अनुमति दिँदा जनता महँगो शुल्क तिर्न बाध्य भएको सरोकारवालाहरुले बताएका छन् ।

    कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक एवम् सह–महामन्त्री डा प्रकाश शरण महतले बुधबार काठमाडौंमा उड्डयनमा देखिएको समस्याका विषयमा हवाइ उड्डयन कम्पनीहरूसँग छलफल  गर्ने क्रममा यस्तो बताएका हुन् ।

    काँग्रेसले स्वास्थ सुरक्षामा विशेष सावधानी अपनाएर सर्वसुलभ तवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दबाब दिने भएको छ ।

    नियमित उडानका सन्दर्भमा सरकारको कमीकमजोरी भइहेको भन्दै सह–महामन्त्री डा महतले सरकारले उड्डयन क्षेत्रलाई सहज र सर्वसुलभ बनाउन ध्यान पु¥याउन आवश्यक रहेको बताएका छन् ।

    नियमित उडान शुरु गर्ने विषयमा पनि सरकारले स्वास्थ सुरक्षासम्बन्धि पर्याप्त तयारी नगरेको भन्दै उड्डयन क्षेत्रका प्रतिनिधिहरूले उडान अनुमतिमा समेत सरकारले पक्षपात गरेको बताए । उनीहरू सरकारको गलत नीतिका कारण कम उडान हुने गरेको बताए ।


    कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नागरिकको सहज उद्दार गर्न सरकारले नसकेको मात्र नभई महामारीमा समेत विभिन्न अनियमितताका घटनाले सरकारको निकम्मापन झल्किएको कांग्रेसका सह–महामन्त्री डा महतले बताए ।


    कार्यक्रममा नेपाली कांग्रेस कोरोना अनुगमन समितिका सदस्यहरू एनपी साउद, डा चन्द्र भण्डारी, राजीवबिक्रम शाह, डा प्रभु बुढाथोकी र विभिन्न हवाई एजेन्सीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend