सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको विशेष

एसिड आक्रमणमा परेर घाइते भएकी कार्कीकाे नेविसंघले लियो उच्च शिक्षाको जिम्मा

एसिड आक्रमणमा परेर घाइते भएकी कार्कीकाे नेविसंघले लियो उच्च शिक्षाको जिम्मा

  • मिडिया डबली
  • बिहिवार, श्रावण १५ २०७७

  • 11.7K
    SHARES

  • एसिड आक्रमणमा परेर घाइते भएकी कार्कीकाे नेविसंघले लियो  उच्च शिक्षाको जिम्मा

    काठमाडौं-  एसिड आक्रमणमा परेर घाइते भएकी ओखलढुंगा घर भई काठमाडाैंकाे सितापाइला बस्दै आएकी पवित्रा कार्कीकाे उच्च शिक्षाकाे जिम्मा नेविसंघले लिएकाे छ ।

    एसिड आक्रमणमा परेर घाइते भएकी पवित्रा कार्कीकाे स्वास्थ्य अवस्था बुझ्न क्रितिपुर स्थित अस्पताल पुगेका नेविसंघका केन्द्रिय अध्यक्ष राजिव ढुंगानाले बताएका छन्  ।

    नेविसंघले कार्कीकाे न्यायका लागि समेत आवाज उठाउने प्रतिबद्धता गरेको छ। अध्यक्ष ढुंगानाले मिडिया डबलीसँग कुरा गर्दै भने, याे मानवता विराेधी अपराध हाे, यस्ता घटनाका दाेषीहरूलाई चाडाे भन्दा चाडाे कारबाहीमा ल्याउनु पर्छ।

    १२ कक्षाा पास गरेकी कार्कीकाे उच्च शिक्षाकाे जिम्मा नेविसंघ केन्द्रिय समितिले लिएकाे हो । अध्यक्ष ढुंगाना र नेविसंघ महामन्त्री उर्मिला थपलिया घाइते पवित्राकाे स्वास्थ्य अबस्था  बुझ्न कृतिपूर स्थित अस्पताल पुगेका हुन् ।

    पछिल्लाे समय नेपालमा एसिड आक्रमणाका घटनाहरू बढ्दै गएका छन् । तर पनि सरकारले यसतर्फ ध्यान दिएकाे छैन । यस विषयमा नेविसंघले यस्ताे अपराधिक क्रियाकलाप गर्नेहरूका लागि छुट्टै कानुनकाे माग गरेकाे छ ।

    मिडिया डबलीसँग बाेल्दै नेविसंघ महामन्त्री थपलियाले भनिन्, याे मानवताविराेधी अपराध हाे, सरकारले याे कुरालाई ध्यान दिइरहेकाे छैन्, एसिड आक्रमण गर्ने अपराधिहरूलाइ कारबाही हुन सकेकाे छैन्, अब यस्का लागि छुट्टै कानुन हुनुपर्छ र त्यसका लागि नेविसंघले दमदार आबाज उठाउने छ ।

    नेविसंघ महामन्त्री बलदेव तिमल्सिना, नेविसंघ उपाध्यक्ष तुलसा पन्त, कांग्रेस नेता चन्द्र भण्डारी, ओखलढुंगा जिल्ला सभापति प्रदिप सुनुवारको टोलि अबस्था बुझ्न अस्पताल पुगेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend