काठमाडौं- चार महिनादेखि बन्द रहेका होटल, रेष्टुरेन्टहरु आजदेखि संचालनमा आएका छन्। सरकारले साउन १५ गते अर्थात् आजदेखि विशेष सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने निर्णय गरेको थियो ।
कोरोना भाइरसको महामारीका कारण मुलुक लकडाउन हुँदा बन्द रहेका क्षेत्रहरुमध्ये आजदेखि होटल रेष्टुरेन्ट पनि खोल्ने तयारी भएको हो । सामूहिक भोज, पार्टी, सेमिनार तथा भेलाहरु भने गर्न पाइने छैन्। व्यवसाय गर्ने हिसाबले भन्दा पनि लामो समयको बन्दाबन्दीबाट सामान्य अवस्थामा फर्किन होटल तथा रेष्टुरेन्ट संचालन गर्ने तयारीमा रहेको होटल एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए।
। सरकारले आजदेखि होटेल रेष्टुरेन्ट सञ्चालनका साथै पर्यटकीय गतिविधि पनि गर्न दिने निर्णय गरेको छ। पर्यटन व्यवसायीहरुले पनि आजदेखि आफ्ना गतिविधि सुरु गर्ने तयारी गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।