शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

'मकै रुँघ्‍ने गोठ जले' भन्ने मन्त्रीले आज भने- त्रुटि भएर चेपाङ बस्तीमा घर जले 

'मकै रुँघ्‍ने गोठ जले' भन्ने मन्त्रीले आज भने- त्रुटि भएर चेपाङ बस्तीमा घर जले 

  • मिडिया डबली
  • बुधवार, श्रावण १४ २०७७

  • 6.0K
    SHARES

  • 'मकै रुँघ्‍ने गोठ जले' भन्ने मन्त्रीले आज भने- त्रुटि भएर  चेपाङ बस्तीमा घर जले 

    काठमाडौं - वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानवीय त्रुटि हुन जाँदा चितवनको कुसुम खोलामा चेपाङ बस्तीमा घर जलेको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बुधबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

    मन्त्रालयले घटनाको छानविन गर्न सहसचिवको नेतृत्वमा गठन गरेको समितिले प्रारम्भिक विवरण दिएको बताउँदै चेपाङ वस्तिमा गोठ नभई त्यहाँ रहेका ८ घर भत्काउने र जलाउने काम भएको उनले बताए । भूमि व्यवस्थापनको काम अगाडि बढिरहेको अवस्थामा निकुञ्जका कर्मचारिले हात्ति लगाएर घर भत्काउने तथा आगो लगाउने काम गर्नु अमानविय भएको समेत मन्त्री बस्नेतले बताए । 

    उनले घटना छानविन गर्न मन्त्रालयले गठन गरेको समितिको प्रतिवेदन आइनसकेको जानकारी समितिलाई गराउनुभयो । मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले गरेको गल्ति ढाकछोप नगरिने प्रतिवद्धता जनाउँदै उक्त घटनालाई लिएर आफु गम्भिर रहेको बताए । यसअघि उनले त्यहाँ घर नभइ गाेठ जलेकाे बताएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०७:४६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend