काठमाडौं- वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको कुसुमखोला स्थित चेपाङ बस्तीमा घर नभइ मकै रूँघ्ने गोठ जलाइएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा मन्त्री बस्नेतले यस्तो बताएका हुन्।
चेपाङ बस्तीमा आगो लागाइएको र सेनाद्वारा कुटपिट भई मृत्यु भएको समाचार गलत भएको बताएका छन् । उनले बस्तीका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानमा सारिएको र ती सारिएकै मानिसहरुले खेती किसानी गर्ने र मकै हेर्न बनाइएका मचान जलाएको स्पष्टिकरण दिएका हुन् ।
उनले बाँकी ८ घरमध्ये एकजनाको गोठ समेत परेको बताए। उक्त गोठमा गुन्द्री र सामान्य विस्तारा बाहेक केही नभएको बताए। स्थानान्तरण भएका व्यक्तिहरु पुनः फर्किएर त्यस ठाउँमा बस्ती बसाउने गरी माचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटेको हुनसक्ने मन्त्री बस्नेतले बताए।
‘जे जति सबै रिपोर्टहरु बाहिर आइराखेका छन्, बाहिर सार्वजनिक कुरा आइराखेका छन्, तिनलाई नै अन्तिम सत्य मान्न सकिने अवस्था हामीले हाम्रो अध्ययनबाट हेर्दा त्यो नै अन्तिम सत्य जस्तो देखिँदैन ।' उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।