शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

निर्दयी कम्युनिस्ट सरकार, साउने भेलमा चेपाङ समुदायलाई पार्याे विपत्तीमा

निर्दयी कम्युनिस्ट सरकार, साउने भेलमा चेपाङ समुदायलाई पार्याे विपत्तीमा

  • मिडिया डबली
  • मंगलवार, श्रावण ६ २०७७

  • 4.9K
    SHARES

  • निर्दयी कम्युनिस्ट सरकार, साउने भेलमा चेपाङ  समुदायलाई पार्याे विपत्तीमा

    चितवन - चितवनको माडीस्थित कुमुसखोलामा चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङ समुदायका १० घरमा आगो लगाएका छन् । कर्मचारीहरुले आगो लगाएर हात्ती समेत लगाएका हुन् ।

    गत शनिबार निकुञ्जले माडी नगरपालिका(९ कुसुमखोलामा हात्तीसहितको टोली पठाएर सुकुम्बासीको घर भत्काएको हो । यसक्रममा दुईवटा घरमा आगो लगाइयो भने ८ वटा घर हात्ती लगाएर भत्काइएको थियो ।

    झमझम पानी परिरहेका बेला गरीब सुकुम्बासीहरुलाई कम्युनिस्ट सरकारले छानोविहीन बनाइदिएको छ । निकुञ्जका कर्मचारीले कुसुमखोलाका दानबहादुर चेपाङ र उनका फुपाजु पर्ने दीपबहादुर चेपाङको घरमा आगो लगाएका हुन् ।

    त्यस ठाउँमा १० वटा घरहरु थिए । त्यहाँ अधिकांश सीमान्तकृत चेपाङ समुदायको व्यक्तिहरु छाप्रा बनाएर बसोबास गर्दै आइरहेका छन् । आगो लगाउँदा कतिपयलाई घरभित्रबाट सामान निकाल्न दिइयो भने कतिपयका सामान घरभित्रै नै जले ।

    यस विषयमा सुकुम्बासी आयोगले आगो लगाउनेलाई कारवाहीको माग गरेको छ । सुकुम्बासी बस्तीमा आगो लगाएकोमा सरकारबाट गठित देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोगले आपत्ति जनाएको छ ।

    आयोगद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा आगो लगाउनेहरुमाथि कारवाही गर्न माग गरिएको छ । सरकारले सुकुम्बासीका समस्या समाधान गर्नका लागि आयोग बनाएका बेला सीमान्तीकृत समुदायको घर जलाउनु र उठीबास लगाउनु अक्षम्य भएको आयोगले बताएको छ ।

    हेर्नुहोस् विज्ञप्ती

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०७:४६:४८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend