आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिंहदरबारभित्रका ५०८ को स्वाब सङ्कलन

सिंहदरबारभित्रका ५०८ को स्वाब सङ्कलन

  • मिडिया डबली
  • बुधवार, श्रावण १४ २०७७

  • 4.2K
    SHARES

  • सिंहदरबारभित्रका ५०८ को स्वाब सङ्कलन

    काठमाडौं- कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ ।

    नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो । विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो ।

    उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा  महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब सङ्कलन गरिएको थियो ।

    सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिने जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ । दैनिकरूपमा ५०० देखि ७०० जनासम्मले सजिलै स्वाव सङ्कलन गर्न सकिने भएकाले यो उपकरण सहज र उपयोगी सावित भएको चिकित्सकको प्रारम्भिक प्रतिक्रिया रहेको छ ।

    चिकित्सकले कोरोना प्रभावित व्यक्तिबाट स्वाब सङ्कलन गर्दा हुनसक्ने सङ्क्रमणको खतरालाई अन्त्य गर्न पिपिइ, ग्लोब्स, पोजिटिभ प्रेसर च्याम्बर, भाइरस फिल्टर गर्ने प्रविधि र आइस बक्सलगायत आवश्यकीय वस्तु यसभित्र जडान गरिएको छ । यस भ्यानमा स्वाब सङ्कलनका लागि चाहिने जति सबै प्रविधि जडान गरिएको नाष्टका वरिष्ठ प्रविधि अधिकृत डा शङ्कर ढकालले बताए ।

    स्वास्थ्यकर्मीले आफ्नो खुट्टाले स्विच अन गर्दा पीपीई, ग्लोब्स र चालकले हातले स्विच अन गर्दा पूरै गाडी सङ्क्रमणमुक्त हुने प्रविधि यसमा जडित छ । भ्यानभित्रको निःसङ्क्रमित क्याबिनमा ३ स्वास्थ्यकर्मी रहन सक्छन् जसबाट बाहिर बसेका सेवाग्राहीलाई सहजरूपमा सेवा उपलब्ध हुनेछ । यो भ्यानको प्रयोगबाट पीपीईमा लाग्दै आएको ठूलो रकम बचत हुने बताइन्छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७०८:३८:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend