आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसको संक्रमण युराेपमा फेरि बढ्याे, दोस्रो तरंग भयानक हुन सक्ने

कोरोना भाइरसको संक्रमण युराेपमा फेरि बढ्याे, दोस्रो तरंग भयानक हुन सक्ने

  • मिडिया डबली
  • बुधवार, श्रावण १४ २०७७

  • 3.2K
    SHARES

  • कोरोना भाइरसको संक्रमण युराेपमा फेरि बढ्याे, दोस्रो तरंग भयानक हुन सक्ने

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको दोस्रो तरंग आउन सक्ने बताएका छन् । विश्वभर लकडाउन खुकुलो भएसँगै कोरोना भाइरसको दोस्रो तरंगको डर देखिएको हो ।
    पछिल्ला सातायता युरोपेली मूलुकहरुमा समेत कोरोना भाइसको संक्रमण फेरि बढ्न थालेको छ ।

    साउथ कोरिया,  सिंगापुरुलगायत केही देशलाई धेरै परिक्षण र कन्ट्याक्त ट्रासिंगले धेरै हदसम्म कोरोनाको संक्रमण बढ्न दिएका छैनन् ।

    यद्यपी धेरै जसो देशहरुले लकडाउन मात्रै गरेका छन् । लकडाउन खुकुलो भएसँगै फेरि संक्रमण बढ्न थालेको हो ।

    corona.JPG

    विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गइरहेको र यसको कारण यु्वा समुह हुनसक्ने बताएको छ । लकडाउन खुकुलो भएसँगै युवासमुह बढी घर बाहिर निश्किन थालेको र यसैले संक्रमणलाई अझैं बढाउन सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको हो ।
    अहिले स्पेनमा पनि फेरि संक्रमण बढन थालेको छ ।

    यसले संक्रमणको जोखिम बढ्न जाने र दोस्रो तंरग फैलिन सक्ने चिन्ता बढाएको छ । यद्यपी केही स्वास्थ्य अधिकारीहरुले पहिलो तरंग नै धेरै ठूलो रहेको र यो नै निरन्तर बढ्दो स्थितीमा रहेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १४ २०७७०८:०७:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend