काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर नेपाली काँग्रेस प्रवेश गरेका राप्रपाका पुर्व महामन्त्री शुनिल थापालाई काँग्रेसको सहमहामन्त्री नियुक्त गरिएको छ ।
थापासँगै नेपाली काँग्रेस प्रवेश गरेका सयौं राप्रपाका नेताहरुलाई मंगलबार नेपाली कांग्रेसको मुख्यालय सानेपामा आयोजित पार्टी प्रवेस कार्यक्रममा नेपाली कांग्रेसका सभापती शेरहादुर देउवा बरिष्ठ नेता रामचन्द्र पौडेल, उप–सभापती विमलेन्द्र निधि लगायतका नेताहरुले सदस्यता समेत वितरण गरेका छन ।
त्यस्तै अन्य नवप्रवेसी अन्य नेताहरु सिन्धुपाल्चोकका विष्णुविक्रयम थापा, भोजपुरका बाबुराम बस्नेत, बाराका बृजलाल यादव र काठमाडौंका किरण गिरीलाई केन्द्रीय सदस्य बनाउने सहमति भैसकेको छ ।
पार्टी प्रवेश गर्ने शुनिल थापा , विष्णु विक्रम थापा ,बाबुराम बस्नेत , रामकृष्ण भट्टराई, वृजलाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, कैलालीका आशाराम चौधरी, संखुवासभाका चन्द्रकुमार घुण्डे गुरुङ, चतुरमान विश्वकर्मा लगायतलाई नेपाली कांग्रेसको सदस्यता प्रदान गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।