सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

‘ईनफ ईज ईनफ’ अभियानका युवाहरूले गरेको धर्नालाई लाई साथ् दिन पुगे कांग्रेस नेताहरु

‘ईनफ ईज ईनफ’ अभियानका युवाहरूले गरेको धर्नालाई लाई साथ् दिन पुगे कांग्रेस नेताहरु

  • मिडिया डबली
  • मंगलवार, श्रावण १३ २०७७

  • 5.1K
    SHARES

  • ‘ईनफ ईज ईनफ’ अभियानका युवाहरूले गरेको धर्नालाई  लाई साथ् दिन पुगे कांग्रेस नेताहरु

    काठमाडौं - नेपाली कांग्रेसले स्वास्थ्य सामग्री खरिद घोटाला प्रकरण, क्वारेन्टिनको अवस्था सुधार, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै काठमाडौंमा धर्ना र प्रदर्शन गरेको छ ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहको नेतृत्वमा काठमाडौंको बसन्तपुरमा धर्ना र प्रदर्शन गरिएको हो । धर्नाका क्रममा कांग्रेस नेताहरूले ‘ईनफ ईज ईनफ’ अभियानका युवाहरूले कोरोना महामारीमा सरकारबाट भएको बेथितिका विषयमा उठाएका मागप्रति ऐक्यबद्धता रहेको बताए ।

    नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व उपप्रधानमन्त्री सिंहले कम्युनिस्ट सरकार कोरोनाबाट जनताको जीवन बचाउनुको साटो लापरबाही गरेको आरोप लगाए । उनले स्वास्थ्य सामग्री खरिदमा घोटाला गरेको भन्दै दोषीलाई कारबाहीको माग गरे ।

    सिंहले युवाहरूले बसन्तपुरमा अनशन बसेर कोरोना महामारीबाट जनताको जीवन बचाउन शुरु गरेको अभियानमा कांग्रेसको समर्थन रहेको बताए ।

    उनले अनशन बसेका युवाहरूको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले बसन्तपुरको डबलीमा अनशन बसेका युवाहरूका मागलाई कम्युनिस्ट सरकारले सुन्न नचाहेको बताए । उनले युवाहरूका मागलाई पूरा गर्न कांग्रेसले साथ दिने बताए ।

    नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणाले युवाहरूले शुरु गरेको अभियान र अनशनप्रति समर्थन जनाए ।

    उनले कोरोना महामारीबाट जनताको जीवन बचाउन शुरु गरिएको युवाहरूको कार्य प्रशंसनीय रहेको बताए । सरकारले अनशनरत युवाहरूको मागलाई सम्बोधन गर्नुपर्ने भन्दै आवश्यक पर्दा कांग्रेसले कडा दवाव सिर्जना गर्ने बताए ।

    नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकारले ओम्नि समूहको उद्धारका लागि मात्रै आफूलाई केन्द्रित गरेको छ । आफ्ना नातापात र छोराछोरीलाई लाभ कसरी दिन सकिन्छ भनेर सरकारमा बसेका मन्त्रीहरू सक्रिय रहेको भन्दै खतिवडाले अनशन बसेका युवाहरूको मागको सुनुवाइ गर्न समय नरहेको बताए । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरले कोरोनाबाट जीवन बचाउनका लागि सरकारले कुनै पनि ध्यान दिन नसकेको बताए ।

    उनले सरकार जनताको जीवन बचाउन गम्भीर नबनेको बताए । नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री मनोजमणि आचार्यले सरकार कानमा तेल हालेर सुतेको भन्दै कोरोना महामारी समुदायस्तरमा बढ्ने खतरा हुँदा पनि ध्यान नदिएको आरोप लगाए ।

    क्वारेन्टिनको अवस्था अत्यन्तै नाजुक रहेको बताएका उनले युवाहरूले जनताको जीवन रक्षाको माग गरेर अनशन बस्दा पनि मागको सुनुवाइ नगरेको भन्दै चिन्ता जनाए ।

    धर्ना र प्रदर्शन कार्यक्रममा नेपाली कांग्रेसका झण्डै पाँच सय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । धर्नामा कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य नवीन्द्रराज जोशी, काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, पूर्वसांसद रामहरि खतिवडा, नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर, नेविसंघका पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वमहामन्त्री प्रतिमा गौतम, नेविसंघका पूर्वउपाध्यक्ष मनोहरि श्रेष्ठ, कांग्रेस नेता राजुराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend