काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक शक्ति एक हुन जरुरी रहेको बताएका छन्।
राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका सुनिल थापालाई स्वागत गर्न आयोजित कार्यक्रममा देउवाले प्रजातन्त्रको नाममा मूलभूत अधिकार संकटमा आउने अवस्था आएको बताएका हुन्।
‘भोलि आउने चुनौती सामना गर्नका लागि पनि यो जरुरी छ।, कार्यक्रममा उनले सुनिल थापाससँग एउटै क्याबिनेटमा काम गरेको पनि स्मरण गरे,’ देउवाले भने, ‘मैले सुनिल थापाजीसँग एकै क्याबिनेटमा काम गरेको हो।
उहाँ राम्रो काम गर्न सक्ने मानिस हो। म धेरै खुसी छु उहाँ कांग्रेसमा आउँदा। कोरोना नभएको भए ठूलै कार्यक्रम गरेर स्वागत गर्न हुन्थ्यो।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।