काठमाडौँ- नेपाली कांग्रेस नवलपुर जिल्लाका महासमिति सदस्य श्याम प्रसाद श्रेष्ठ नवगठित नेपाली काङ्ग्रेस तरुण बिभागको सचिव पदम नियुक्त भएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पुर्व मन्त्री शंकर भण्डारीको संयोजकत्वमा स्थापना भएको नेपाली काङ्ग्रेस तरुण बिभागको पहिलो चरणमा देशभरका बिभिन्न जिल्ला बाट १९ जना सदस्य मनोनित गरिएको थियो।
१९ जनामा श्रेष्ठले नवलपुरबाट प्रतिनिधित्व गरेका थिए । कुशल ब्यवसायी तथा समाजसेवी श्रेष्ठलाइ आज मंगलबार नेपाली कांग्रेस तरुण बिभागको कार्यालय पानी पोखरीमा बिभागका प्रमुख शंकर भण्डारीले नियुक्ती गरेका थिए।
श्रेष्ठलाई नेपाली कांग्रेसको बिधान २०१७ (संसोधन सहित) को धारा २५(९) बमोजिम निपाली काङ्ग्रेसको केन्द्रिय तरुण बिभागको सचिब पदमा मनोनित गरिएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।