आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काँग्रेसको आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशनमा, सदस्यहरूका लागि यस्तो निर्देशन

काँग्रेसको आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशनमा, सदस्यहरूका लागि यस्तो निर्देशन

  • मिडिया डबली
  • सोमवार, श्रावण १२ २०७७

  • 5.5K
    SHARES

  • काँग्रेसको आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशनमा,  सदस्यहरूका लागि यस्तो निर्देशन

    काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका प्रकाशन गर्न लागेको छ ।  नेपाली काँग्रेसको प्रारम्भ, आदर्श, सिद्धान्त, नीति, कार्यक्रम, पार्टीको इतिहास र योगदान लगायतका कुराहरु पुस्तकमा समावेश गरिएको प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले बताएका छन् ।

    यस्तै पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलव्धी, आर्थिक–सामाजिक नीतिहरु, परराष्ट्र सम्वन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्यांकन , साम्यवाद र लोकतन्त्रकाबीचको भिन्नता पनि पुस्तिकमा  समेटिएको छ ।

    यसबाहेक कम्युनिष्ट पार्टीसहितका अन्य पार्टी र नेपाली काँग्रेसकाबीच भिन्नता, आगामी दिनमा काँग्रेसले गर्ने र गर्नसक्ने योजना लगायतका अन्यकुराहरुलाई पनि समेटिएको दाहालले बताएका छन् । पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकलाबारे समेत अध्ययन सामग्री प्रस्तुत गरिएकाले यसबाट पार्टी पंक्ति र जिज्ञाषुहरुले आवश्यक जानकारी लिन पाउने उनको विश्वास छ ।

    चाँडै छापामार्फत प्रकाशन हुने पुस्तक पार्टीका सदस्यहरुलाई प्रशिक्षणका लागि समेत प्रकाशनमा ल्याइएको हो  । सदस्यहरूका लागि जिल्ला प्रशिक्षण शाखाहरुलाई यसै पुस्तकिकाका अाधारमा प्रशिक्षण गर्न निर्देशन दिइएकाे हाे । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend