काठमाडौं- नेकपा सरकारले देश चलाउन नसकेको खुलस्त भइसकेपछि जनतालाई काँग्रेसको आवश्यक्ता देखिएको नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले बताएका छन् । जनताले अपेक्षा गरेर कम्युनिस्टहरूलाई विश्वास गरेर दिएको मतको दुरुपयोग भएको उनले बताएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भर्चुअल बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खतिवडाले कांग्रेसले नै मुलुकलाई समृद्धिमा लैजाने बताए छन् ।
कार्यक्रममा बोल्दै उनले कांग्रेस १४औँ महाधिवेशनमा प्रवेश गरिसकेको समेत बताएका छन् । यसबाहेक उनले महाधिवेशनमा लोकतान्त्रिक प्रकृयामार्फत प्रतिस्पर्धा गर्न नेताहरूलाई सुझाव दिएका छन् ।
‘हामी महाधिवेशनमा प्रवेश गरिसकेका छौँ । पार्टीले जारी गरेको कार्यतालिकालाई पनि अनुसरण गर्नुछ ।, ‘पार्टीका शीर्ष नेताहरूलाई गाली गरेर हुँदैन । उहाँहरूलाई हामीले सम्मान गर्न पनि सक्नुपर्छ’, खतिवडाले भने । ‘शीर्ष नेताहरूबाट गल्ती हुन्छ भने सच्चिनका लागि कार्यकर्ताले दवाव दिनुपर्छ ।’उनले थपे ।
खतिवडाले कांग्रेसभित्र रहेको अविश्वासलाई १४औँ महाविधेशनले तोड्नुपर्ने बताएका छन् । उनले जिल्लामा रहेका असन्तुष्टि र चित्त दुखाएका नेता तथा कार्यकर्ताको मन बुझाउनुपर्ने समेत बताएका छन् । ३६४ दिन कांग्रेस रहने र ३६५औँ दिन अर्को पार्टीमा भोट हाल्ने कार्यमा सुधार हुनुपर्ने खतिवडाको सुझाव थियो । उनले यस विषयमा नेता तथा कार्यकर्ताहरू पनि सचेत हुनुपर्ने बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।